शुक्रबार, असार २०, २०८२

८० हजार वर्ष पछि देखियो धूमकेतु धूमकेतु ए ३

नेपालखोज २०८१ कार्तिक १८ गते १५:३०

‘धूमकेतु ए३’ नामको धूमकेतु टेलिस्कोपको सहयोगबिना विश्वभर देखिएको छ । यो अब ८० हजार वर्ष पछि मात्र देखिनेछ।

शताब्दीको धूमकेतु

धूमकेतु सि र २०२३ ई ३ सुचिनशान-एटलस लगभग ८० हजार वर्षमा एक पटक मात्र पृथ्वीको सबैभन्दा नजिक हुन्छ । यो धूमकेतुलाई शताब्दीको धूमकेतुू पनि भनिन्छ । यो जनवरी २०२३ मा चीनको पर्पल माउन्टेन अब्जर्भेटरी सुचिनसेनमा फेला परेको थियो र केही दिनपछि दक्षिण अफ्रिकाको एटलसले पनि यसको खोजको पुष्टि गर्यो । यसको नाम कमेट एउ पनि हो ।

के हो धूमकेतु

सूर्यको वरिपरि घुम्ने दौडमा पृथ्वी जस्ता केही उल्कापिण्ड र ग्यासयुक्त पिण्डहरू पनि हुन्छन् । धुलो, बरफ र ग्यासले बनेको पिण्डलाई धूमकेतु वा कमेट भनिन्छ। यसैगरि उल्कापिण्ड क्षुद्रग्रहहरू ९ एस्टेर‍ोयड ० टुक्रिएर बन्छ। यद्यपि धूमकेतु सौर्यमण्डलको भाग होइन्।

धूमकेतु कसरी चिन्ने ?

धूमकेतु रातको आकाशमा चम्किलो तारा जस्तै देखिन्छ । तिनलाई ताराबाट छुट्याउने एउटा तरिका तिनको पुच्छर हो । तारा बाहेक धूमकेतुको पुच्छर हुन्छ। यहि कारणले यसलाई पुच्छे तारा ९ कस्प स्टार ० पनि भनिन्छ।

केहि फरक

धूमकेतु ताराहरूबाट अलि टाढा र तिनीहरू भन्दा केही उज्याला पनि देखिन्छन्। यो धूमकेतुलाई अहिलेसम्मकै सबैभन्दा चम्किलो धूमकेतु भनिन्छ। विश्वका अनेकन सहरमा खिचिएका तस्बिरहरूले पनि यसको फरक सुन्दरता देखाउँछन् ।

धुमकेतु किन खास छ ?

धूमकेतुहरूले सौर्यमण्डल बाहिरबाट लामो दूरीको यात्रा गर्छन् । सूर्य नजिक आउँदा यसलाई पृथ्वीबाट पनि देख्न सकिन्छ । यो धूमकेतु यसपटक पनि टेलिस्कोपको सहयोगबिना विश्वका विभिन्न ठाउँबाट नाङ्गो आँखाले हेर्न सकिन्छ। धूमकेतु ए ३ सेप्टेम्बर २८ मा सूर्यको सबैभन्दा नजिक थियो। अब यो लगातार टाढा हुँदैछ।

धूमकेतु ए ३ तस्विरहरूमा कैद

यो वर्षको अक्टोबर २४ अघि पनि सजिलै देख्न सकिन्थ्यो । यसलाई हेर्ने विश्वभरका खगोलप्रेमिहरूले फ्लोरिडा, लस एन्जलस, उरुग्वे, इटाली, उत्तरी म्यासेडोनिया, स्पेन, अस्ट्रिया, तमिलनाडु, लद्दाख, कर्नाटक र भारतको तेलंगानालगायत धेरै ठाउँबाट सामाजिक सञ्जालमा धूमकेतुका तस्बिरहरू साझा गरेका छन् ।

प्रतिक्रिया