शनिबार, वैशाख १३, २०८२

मिथक के हो ?

सुनील सापकोटा २०८१ कार्तिक २३ गते ९:२५

मिथक एउटा रचना हो । भनिन्छ एउटा कल्पना हो । मिथक इतिहास नभएपनी येस्ले मनुष्यको जीवनमा गहिरो प्रभाव परिरहेको हुन्छ । यो हाम्रो मनोविज्ञानमा सक्रिय हुन्छ । व्यक्तिगत रुपमा जस्ले जतिसुकै नकारे पनि यो हाम्रो समाजमा जीवन्त भइरहेकै देखिन्छ ।

मनुष्यको जन्म जुन परिवेशमा हुन्छ, त्यो परिवेशको विम्ब उसको मनमा अङ्कित हुन्छ । समाजका विभिन्न विम्ब प्रतिविम्बको भाव बिस्तारै बिस्तारै बालककालदेखि नै यति गहिरोसँग बस्छ कि त्यो परिवेश नै उस्को मनमा ब्याप्त हुन्छ ।

मनुष्य जुन स्थामा जन्मिन्छ पहिले त्यो घरको वा स्थानको भाषा उस्ले सुन्छ र त्यही उसको चेतनामा बस्छ । त्यसपछि त्यही भाषाको माध्यम बाट बालकले सोच्न सुरु गर्छ । अनि सोही अनुरुप त्यस घरको वा समाजको धर्म, संस्कृति, रितिरिवाज सामाजिक ब्यवहारमा हुर्किँदै ठुलो हुँदै जान्छ । जसरी पहिले भाषिक परिवेशमा मनुष्यको चेतना ब्याप्त हुन्छ, त्यस्तै मिथकको सम्बन्धमा पनि हुन्छ होला । भाषा र मिथकको प्रभावमा समानता छ जस्तो मलाई लाग्छ ।

जसरी भाषाको बिकाश र प्रभाव हामी लाई पर्छ त्यस्तै मिथकको प्रभाव पनि हाम्रो जीवनको प्रवाहमा परिरहेको हुन्छ । त्यसैले भाषा जस्तै मिथक पनि समस्त मानवको रचना हो। मिथक लाई सत्य मान्ने वा नमान्ने कुरा त्यो ब्यक्ति( ब्यक्तिमा निर्भर गर्ला ।

एकजना मित्रले मलाई एकदिन भन्नुहुन्थ्यो ‘मिथक भनेको हाम्रो पुर्खाको डीएनएबाट सर्दै आएको चेतनाहरुको एक अंश हो । जो मनुष्य जीवनको युग र त्यस युगकालिन स्मृतिहरुमा रहेको घटनाहरुको संग्रह हो । हामी नयाँ पुस्तालाई प्राकृतिक रुपमा भएको हस्तान्तरण हो । ती घटनाहरु हुबहु नभए पनि त्यस्को दर्शनले नयाँ पुस्ताका मानवलाई सिक्ने, बुझ्ने र भविष्यमा सतर्क हुँदै जानुका साथै येस्ले मानवताको बिकाशमा ठुलो योगदान गरेकोछ ।

प्रतिक्रिया