शनिबार, वैशाख १३, २०८२

निर्देशनमा समेत धाक जमाउने कोरियोग्राफरहरू

नेपालखोज २०८१ मंसिर ५ गते १६:१८

बलिउडका धेरै चर्चित कोरियोग्राफरले निर्देशनको दुनियामा पनि उत्कृष्टता देखाएका छन् । उनिहरु कोरियोग्राफीबाट सुरु गरेर निर्देशनमा समेत उत्तिकै जमेका छन् ।

फराह खान बलिउडकी चर्चित कोरियोग्राफर हुन्, उनले मै हूँ ना, ह्याप्पी न्यू इयर जस्ता फिल्म निर्देशन गरेकी छिन् ।

रेमो डिसुजा संसारभर चिनिएका बलिउडकर्मी हुन्, उनले एबीसीडी फ्रेन्चाइजका फिल्महरू बनाएका छन्।

अहमद खानले अहिलेसम्म धेरै सुपरहिट गीतमा कोरियोग्राफी गरिसकेका छन् भने उनले अनेकन फिल्म समेत निर्देशन गरेका छन्।

यो सूचीमा गणेश आचार्य पनि छन् जसले अहिलेसम्म आधा दर्जन जति फिल्म निर्देशन गरिसकेका छन् ।

प्रभुदेवा सुपरहिट डान्सर – कोरियोग्राफर मात्र होइनन् उनले सुपरहिट फिल्महरु निर्देशन गरेका छन् ।

प्रतिक्रिया