शनिबार, वैशाख १३, २०८२

दर्शकको मनमा छाप छोड्ने अभिनेत्री तृप्ती ढिमरि 

नेपालखोज २०८१ मंसिर १२ गते १५:३७

तृप्ती ढिमरि बलिउडमा तिब्र गतिमा अघि बढिरहेकि बहुमुखी क्षमताकि अभिनेत्री हुन । उनि भावनात्मक गहिराइको माग गर्ने चलचित्र देखि हास्य प्रधान चरित्र सम्म उत्तिकै सहजताका साथ अभिनय गर्ने कलाकार हुन । जटिल भुमिकाहरुलाई पनि उनले सजिलैसँग यादगार बनाएकि छिन ।विभिन्न प्रकारका क्यारेक्टरमा काम गरेकि तृप्तिका चलचित्रहरुमा एक नजर :

भूलभुलैया – ३
तृप्तीले ‘भूल भुलैया ३’ मा चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छिन् । मीराको चरित्रमा उनले एक अभिनेत्रीका रूपमा आफ्नो दायरा प्रदर्शन गर्नुका साथै रोचक कथानकमा गहिराइ थपेकि छिन । हास्यदेखि गम्भीर जटिलताहरूसम्म तृप्तीले सहज भूमिका निर्वाह गरेकि छिन जसले दर्शकहरूलाई थिएटरहरूमा मात्र आकर्षित गरेको छैन उनको अभिनयमा पूर्णता प्रदान गर्ने क्षमताबाट प्रभावित पनि तुल्याएको छ ।

विक्की विद्याका वो वाला भीडियो – यो चलचित्रमा विद्याका रूपमा तृप्तीले आफ्नो भूमिकामा जीवन्त ऊर्जा भरेकि छिन् । दर्शकहरूलाई उनको अभिव्यक्त आकर्षण तथा हास्य र भावना बीचको सहज संक्रमणले मोहित तुल्याउँछ । तृप्तीले विद्याको चरित्रलाई सहज रुपमा आकर्षक र अविस्मरणीय दुवै बनाएकि छिन् र उनी आफ्नो पुस्ताको सबैभन्दा आशाजनक प्रतिभा हुन् भन्ने कुरा पुनः एक पटक प्रमाणित गरेकि छिन् ।

ब्याड न्युज
ब्याड न्युजमा तृप्तिले ताजा, जीवन्त र गतिशील अभिनय गरेकि छिन् । उनि यसमा त्रुटिहीन हास्य टाइमिङ प्रदर्शन गर्न सफल छिन् । तृप्तिले ऊर्जावान चरित्रलाई सहजता अनि सूक्ष्म अभिव्यक्तिहरूका साथ प्रस्तुत गरेकि छिन जसमा कमेडिको समेत मिश्रण छ । यसले उनको कामलाई मनोरञ्जक र हृदयस्पर्शी बनाएकोछ ।

निमल ( जनावर )
निमलमा जोया रियाजका रूपमा तृप्ति अपराध र नैतिक जटिलताको संसारमा प्रवेश गर्छिन । यो फिल्मले उनलाई रातारात सनसनी र धेरै युवाहरुको क्रस बनायो । यो एक्शन ड्रामामा उनको परिपक्वता र कुशलताका साथ चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने क्षमता प्रमाणित हुन्छ ।

कला
‘कला’ मा तृप्तीले आफ्नी आमासँगको जटिल सम्बन्ध र आन्तरिक संघर्षबाट गुज्रिएर समस्यामा परेकी युवती कला मञ्जुश्रीको मुख्य भूमिका निर्वाह गरेकि थिइन् । यो चलचित्रमा उनको चरित्र असुरक्षा, पीडा र कलात्मक आकांक्षामा डुबेको थियो जसमा तृप्तिले प्रत्येक पक्षलाई स्पष्टताका साथ जीवन्त बनाईन । उनको प्रदर्शनले चरित्रको आघातलाई सुन्दर ढंगले कैद गर्यो र ‘कला’ लाई उनको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन मध्ये एक बनायो ।

बुलबुल
‘बुलबुल’ मा तृप्ति एक साधारण महिला तथा दुलहीबाट रहस्यमय विगत भएकि शक्तिशाली तर रहस्यमय मानिसमा विकसित हुन्छिन । उनको चित्रण अनुग्रह, पीडा र एउटा डरलाग्दो शक्तिले भरिपुर्ण थियो । यसमा उनको अलौकिक र पीरियड ड्रामा जस्ता अद्वितीय विधामा काम गर्नसक्ने क्षमता प्रदर्शन भएको छ ।

लैला मजनु
‘लैला मजनु’ मा तृप्तीको सफल भूमिकाले उनलाई दुखद प्रेमकथामा फसेकी स्वतन्त्र युवती लैलाका रूपमा परिचय गराउँछ । यो भूमिकाले तृप्तीलाई चर्चामा पनि ल्यायो । यसमा उनले भावनाको चित्रण गर्ने जन्मजात क्षमता प्रस्तुत गरेकि छिन् ।

प्रतिक्रिया