सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११–अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । उनले आज १–अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन् ।
एमेच्योरद्वय सदभाव र राहुल ५४–होलको समाप्तिमा ७–अन्डर २०९को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे । गोकर्ण गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले । ६–अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले२–अन्डर ७० को स्कोर दर्ज गरे ।
धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे । समग्रमा४–अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बरएक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे। योप्रदर्शनमा उनी समग्रमा १–अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे।जयराम श्रेष्ठले आज १–अन्डर ७१ को स्कोरमा, समग्रमा इभन–पार२१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन् ।
समग्रमा २–ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे । रवि र कृष्णमानले समान १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए।राजेन्द्रले २–ओभर ७४ खेले । फाइनल ग्रुपमा खेलेका सुनिललेबिर्सनलायक ९–ओभर ८१ को स्कोर निकाले । यो स्कोरमा उनी पाँचस्थान तल झरे । अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे ।
६ होल सकिंदा ४–अन्डर स्कोरगरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२औं, १५औं र १६औं होलमा एक–एक सट खेर फाले। १३औं होलकोबर्डीका बाबजुद ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए । तरपनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४स्ट्रोकमा पुर्याएका छन् ।
सदभावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्नेक्रममा कुल सात बर्डीप्रहार गरे। पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्टनाइन ३–अन्डर ३३ मा सकाए । यसपछि ११ औंदेखि १४ औं होलमालगातार चार बर्डी प्रहार गरे । १५औं होलको बोगीले ब्याक नाइन३–अन्डर ३३ मा पुरा गरे ।
अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २–अन्डर ३४ मा पुरा गरे। ११औं होलको बोगी विरूद्ध १५ औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए । चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १–ओभर ३७ र ब्याक नाइन२–अन्डर ३४ मा खेले । उनले पहिलो र सोर्हौं होलमा एक–एक सट खेरफाले भने १२ औं, १५ औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
चार दिन सम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन। शिर्ष २१मा पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया