ओटीटीमा कोर्टरूम ड्रामा
ओटीटीमा थ्रिलर, रोमान्स, हरर तथा कमेडीमा आधारित चलचित्र र वेब सिरिजहरु हेर्दा – हेर्दा बोर भएको छ भने तपाईं कोर्टरूम ड्रामामा आधारित केहि उत्कृष्ट वेब शृङ्खला तथा फिल्म हेर्न सक्नुहुन्छ जसले तपाईंको मुडलाई ताजा बनाउने पक्का छ । यदि तपाईमा कानुनी नाटक हेर्ने रुचि छ भने यी सिरिज र चलचित्र निकै उपयोगी साबित हुनेछन् । कानूनी दाउपेचमा बनेका केहि चलचित्र तथा श्रृंखलाहरू…
द ट्रायलः प्यार कानून धोका
काजोलले ओटीटी प्लेटफर्ममा ‘द ट्रायलः प्यार कानून धोका’ बाट डेब्यु गरेकी हुन् । उनको वेब सिरिज ‘द ट्रायल’ डिज्नी प्लस हटस्टारमा उपलब्ध छ । यो कथा नयोनिका सेनगुप्ता अर्थात् काजोलमा आधारित छ जसले आफ्नो कानुनी पेशा छोडेर घरपरिवारको हेरचाह गर्दैछिन् । यो सिरिजमा काजोलसँगै जिशु सेनगुप्ता, कुब्ब्रा सैत, अली खान, आमिर अली र गौरव पाण्डेआदि पनि छन् । यो सिरिजको निर्देशन सुपरण वर्माले गरेका हुन् जसमा काजोलको उत्कृष्ट अभिनयको निकै प्रशंसा भयो ।
सिर्फ एक बन्द काफी है
फिल्म ‘सिर्फ एक बन्द काफी है’ मा मनोज बाजपेयीले आफ्नो उत्कृष्ट अभिनयले मानिसहरुको मन जितेका छन् । फिल्मले ओटीटीमा निकै माया पाएको छ । यो चलचित्रको कथा र कलाकारलाई दर्शकले निकै रुचाएका छन् । मनोज बाजपेयीले वकिल पीसी सोलंकीको भूमिका निर्वाह गरेका छन् जसले एक युवतीप्रति यौन दुर्व्यवहार गर्ने धार्मिक नेता विरुद्ध मुद्दा लड्छन र पीडितलाई न्याय दिलाउँछन । यो चलचित्र जी फाईवमा हेर्न सकिन्छ ।
पिंक
यो फिल्मको संवाद ‘नो मतलब नो होता है’ धेरैलाई अझै याद छ । अमिताभ बच्चन र तापसी पन्नु अभिनित पिंक तीन जना कामकाजी युवती मीनल, फलक र एन्ड्रियाको कथा हो । फिल्मका केही दृश्यले सभ्य समाजको तितो सत्यलाई उजागर गर्छ । यो फिल्मको निर्देशन अनिरुद्ध राय चौधरीले गरेका हुन् । फिल्ममा अमिताभ बच्चन र तापसी पन्नुका अतिरिक्त कीर्ति कुल्हारी, एन्ड्रिया तारियाङ, अंगद बेदिस, पियुष मिश्रा तथा विजय वर्माको पनि अभिनय छ । यो चलचित्र १६ सेप्टेम्बर २०२६ मा रिलिज भएको थियो । डिज्नी + हटस्टारमा उपलब्ध ‘पिंक’ मा अमिताभ बच्चनले ‘अधिवक्ता दीपक’ को भूमिका एकदमै शानदार ढंगले निर्वाह गरेका छन् ।
जोली एलएलबी
चलचित्र ‘जोली एलएलबी’का दुई भाग रिलिज भएका छन् । अक्षय कुमार, अन्नु कपूर, हुमा कुरैशी र सौरभ शुक्लाको फिल्म ‘जोली एलएलबी – २’ सन् २०१७ मा रिलिज भएको थियो । फिल्मको पहिलो भागलाई दर्शकहरुले निकै रुचाएका थिए । यो फिल्मले निकै राम्रो कमाइ गरेको छ । फिल्मको कथा अनुसार यसमा अक्षय कुमारले वकिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा कलाकारहरु पीडितका लागि न्यायका लागि लडिरहेका छन् । यो चलचित्र ओटीटी दर्शकहरूका लागि प्राइम भिडियोमा उपलब्ध छ ।
इलीगल जस्टिस
इलीगल जस्टिस साहिर रजा द्वारा निर्देशित एक कोर्टरूम ड्रामा श्रृंखला हो । यसमा नेहा शर्मा, अक्षय ओबेरोय, कुब्ब्रा सैत, पियुष मिश्रा तथा सत्यदीप मिश्राले अभिनय गरेका छन् । यसको कथा वकिल निहारिका सिंहको वरिपरि घुम्छ । यो शृङ्खला भोट सिलेक्ट (Voot Select ) मा हेर्न सकिन्छ ।
प्रतिक्रिया