शुक्रबार, वैशाख ७, २०८१

१० वर्षको अवधिमा दोस्रो पटक सलमानको खल्लो इद

नेपालखोज २०७७ जेठ १३ गते १३:२२

एजेन्सी । हरेक वर्षको इदमा आफ्ना फ्यानहरुलाई इदीका रुपमा आफ्ना फिल्म पस्किदैँ आएका बलिउड स्टार नायक सलमान खानको फिल्म यस वर्ष भने प्रर्दशन हुन सकेको छैन् ।

यस वर्ष बलिउडमा इद खल्लो भएको छ । खासगरी सलमान खानका लागि इद खल्लो भएको छ । यस वर्ष कोरोनाका कारण बलिउडका सबै फिल्मका कार्य ठप्छ छन् ।

१० वर्ष अघि सन् २००९ मा सलमान खानको फिल्म ‘वान्टेड’ इदको अवसरमा प्रर्दशनमा आएको थियो । त्यसयता प्रत्येक वर्षको इदमा सलमान खानका फिल्म प्रर्दशन हुँदै आएका थिए ।

यसअघि पनि खानको फिल्म सन् २०१३ मा रिलिज हुन सकेको थिएन् । सो बर्षको इदमा नायक साहरुख खान र दीपिका पादुकोन अभिनित फिल्म ‘चेन्नई एक्सप्रेस’ रिलिज भएको थियो ।

जुन फिल्मले बक्स अफिसमा सम्पूर्ण रेकर्ड तोडेको थियो । त्यस यता यस वर्षको इद सलमानको फिल्म प्रदर्शनमा आउन सकेन् ।

प्रतिक्रिया