बि-टाउनका यी सुन्दरीहरूको भारी पहिरन

आफ्नो दमदार अभिनय र सौन्दर्यका अतिरिक्त बलिउड अभिनेत्रीहरु फेसन सेन्सका कारण पनि चर्चामा रहन्छन् । फिल्ममा उत्कृष्ट अभिनयसँगै लुक्स र ड्रेसिङ सेन्सको पनि धेरै महत्व हुन्छ । फिल्ममा कलाकारहरुले आफ्नो क्यारेक्टर अनुसारको लुगा लगाउँछन् । कैयौं फिल्ममा अभिनेत्रीहरूले आफ्नो चरित्रका कारण भारी पहिरन लगाउनुपरेको छ । साथै, उनिहरुले आफ्नो लुकलाई पुर्णता दिन भारी गहना समेत लगाउनुपर्छ।
बलिउडका केहि फिल्ममा अभिनेत्रीहरुले ३० देखि ३५ केजीको लेहेंगा लगाएर नृत्य गरेका छन् ।
दीपिका पादुकोण
शाहरुख खानको ‘ओम शान्ति ओम’ बाट अभिनयमा डेब्यु गरेकी दीपिका पादुकोणले छोटो समयमै आफूलाई उद्योगमा स्थापित गरिन् । फिल्म ‘पद्मावत’को ‘घुमर’ गीतमा यी अभिनेत्रीले लगाएको लेहेंगाको तौल ३० किलो थियो । रिपोर्ट अनुसार उक्त लेहेंगाको मूल्य करिब ३२ लाख रुपैयाँ थियो । दीपिका बाहेक यस फिल्ममा अभिनेता रणवीर सिंह र शाहिद कपूर पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए । दीपिकाले फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को एक दृश्यका लागि ३० किलोको लेहेंगा लगाएकी थिइन् । दीपिकालाई यति भारी लेहेंगामा सुटिङ गर्न निकै गाह्रो भएको थियो ।
माधुरी दीक्षित
सन् २००२ मा रिलिज भएको फिल्म ‘देवदास’ को ‘काहे छेड मोहे’ गीतमा अभिनेत्री माधुरी दीक्षितले लगाएको लेहेंगाको तौल करिब ३५ किलो थियो । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्ममा बलिउडका किंग खान अर्थात् शाहरुख खान र ऐश्वर्या राय बच्चन देवदास र पारोको भूमिकामा देखिएका थिए ।
करिना कपुर
बलिउडकी बेबो अर्थात करीना कपुरले फिल्म ‘की एन्ड का’ को ‘हाई हिल्स’ गीतमा लगाएको डिजाइनर लेहेंगाको तौल ३५ किलो थियो । उक्त लेहेंगा प्रख्यात फेसन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेका हुन् । यो फिल्ममा अर्जुन कपूरसँगको करीनाको केमेस्ट्रीलाई दर्शकले रुचाएका थिए ।
अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्माले फिल्म ‘बम्बे भेलभेट’ मा डिजाइनर निहारिका भासिनले डिजाइन गरेको ३५ किलोको गाउन लगाएकी थिइन् ।
सामन्था रुथ प्रभु
दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आफ्ना सुपरहिट फिल्महरुका लागि चिनिन्छिन् । चलचित्र ‘शकुन्तलम’ मा सामन्थाले लगाएको लेहेंगाको तौल ३० किलो थियो । उनलाई यो लेहेंगा लगाएर हिँड्न निकै गाह्रो भयो ।
ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायले फिल्म ‘जोधा अकबर’ मा गह्रौं गहनासँगै निकै गह्रौं लुगा लगाएकी थिइन् । उनका पोशाक राजस्थानी शैलीमा डिजाइन गरिएका थिए।
श्रीदेवी
अभिनेत्री श्रीदेवीले फिल्म ‘तू रूप की रानी मै चोरों का राजा’ को गीत ‘दुश्मन दिल का वो है’ का लागि २५ किलोको लुगा लगाएकी थिइन् । श्रीदेवीले उक्त पोशाक लगातार १५ दिन लगाउनु परेको थियो ।
प्रतिक्रिया