सोमबार, माघ २८, २०८१

छोटा चलचित्रले कन्टेन्टका आधारमा बनाउँदै छन् स्थान

नेपालखोज २०८१ पुष २ गते १५:३७

यदि तपाइँ बलिउडका मसाला चलचित्र भन्दा फरक केही अफबिट सामग्री हेर्न चाहनुहुन्छ भने केहि छोटा चलचित्र हेर्न छुटाउनु हुँदैन । यी चलचित्रका स्टारकास्ट ठूला नहुन सक्छन्, तर यी प्रभावकारी सामग्रीको सन्दर्भमा सय करोडका ब्लकबस्टर चलचित्रहरू भन्दा राम्रा छन् । विशेष कुरा के भने यस्ता सर्ट मुभि युट्युवमा नि:शुल्क उपलब्ध हुन्छन ।

Advertisement

यदि लामो वेब श्रृंखला र चलचित्रका लागि समय छैन भने पनि तपाईंले यी शक्तिशाली छोटा चलचित्र हेर्नैपर्छ । यी चलचित्रले लामा र महंगा मसाला चलचित्रमा पनि नपाईने ‘किक’ हाम्रो मन – मस्तिष्कलाइ दिन्छन । यी छोटो चलचित्रका कथाले हामीलाई एक क्षणका लागि पनि बिश्राम दिँदैनन भने केही चलचित्रको क्लाइमेक्सले हाम्रो दिमागमा थुप्रै प्रश्नहरू छोड्नेछन ।

जुस : अभिनेत्री शेफाली शाहले यो सर्टफिल्ममा मध्यमवर्गीय महिलाको भूमिका निर्वाह गरेकी छिन्, जसको जीवनसँग आम महिलाहरुले आफु पनि जोडिएको महसुस गर्नेछन् । यसको साधारण कथा हाम्रो साझा पारिवारिक कथा हो, जसले दर्शकहरूको हृदय र दिमागमा गहिरो प्रभाव पार्छ । यो चलचित्र यूट्यूबमा उपलब्ध छ ।

खुजली : यो हिन्दी सिनेमाको उत्कृष्ट छोटो सिनेमा मध्ये एक हो । वृद्ध जोडीको वरिपरि बुनिएको यसको कथा हलिउड चलचित्र ‘५० शेड्स अफ ग्रे’ बाट प्रेरित छ । पाको उमेरमा पुन: आफ्नो शारीरिक सुख खोज्ने प्रयास गर्ने कथासहितको यो फिल्ममा ज्याकी श्राफ र नीना गुप्ताले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्र पनि युट्युबमा हेर्न सकिन्छ ।

जय माता दी : यो फिल्मको कथा एक अविवाहित जोडीमा आधारित छ जो सँगै बस्न चाहन्छन् तर समाजले उनिहरुलाइ त्यसो गर्न दिँदैन । दर्शकहरूले आफूलाई यो फिल्मको रमाइलो कथासँग जोड्न सक्छन् जसमा धेरै ‘ट्विस्ट र टर्न’ छन् ।

खीर : यो एउटा शानदार छोटो फिल्म हो जसले ६ मिनेटमा एउटा घटनाको सम्पूर्ण कथा बताउँछ । यो फिल्मले हजुरबुबा र नातिनीको सम्बन्ध देखाउँछ । यसमा हजुरबुबाले आफ्नी नातिनीलाई उनको प्रेम , प्रेम नभएर केवल मित्रता मात्र भएको कुरा संझाउँछन । यो फिल्ममा अनुपम खेर मुख्य भूमिकामा छन् ।

छुरी : यो छोटो फिल्म एक्स्ट्रा म्यारिटल अफेयरमा केन्द्रित छ जसमा टिस्का चोपडाको बलियो भूमिका निर्वाह गरेकि छिन । अनुराग कश्यपको यो फिल्म आफ्नो शीर्षक जत्तिकै तिखो छ ।

नेकेड : यो फिल्मले ‘साइबर बुलिङ’ को रोचक कथा बर्णन गर्छ । अभिनेत्री ऋताभरीले यसमा मध्यमवर्गीय महिलाको भूमिका निर्वाह गरेकी छिन् जसले समाज र मालिकका कारण ठूलो अवसर गुमाउँछिन । यो फिल्ममा कल्की कोचलिनको पनि रोचक भूमिका छ ।

प्रतिक्रिया