अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पासपेन २ हजार १ सय ५० ट्याब्लेट सहित २ जनालाई मंलगाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीया काजल तामाङ (लिम्बु) र सोही उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछी र अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी हर्क बहादुरकी छोरी काजल समेत २ जनालाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय संजिव दंगाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २७ वर्षीय भक्तु रानालाई अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय ईरसाद अलीलाई मंलगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ४० वाइ ८५८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१ बस्ने २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजबंशी र २८ वर्षीय सुनिल साह रहेका छन् । इलाका प्रहरी कार्यालय कुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै छोरा ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–२ बस्ने अछाम कमलनगर नगरपालिका–६ हात्तिबाच घर भएका ६३ वर्षीय दिप बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिप बहादुरले विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखेलको रकम सहित पाँच जना पक्राउ
काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् । प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत महराजगंज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अंगद कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु.८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
दाङको राप्ती गाउँपालिका–८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ५४४३ नम्बरको बस र ग.२१ प ६४७४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका–३३ भरतपोखरी बस्ने ६४ वर्षीय डम्बर बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरूरिया चोकस्थित सडकमा राजबिराजबाट सिराहातर्फ जाँदै गरेको स.९ प ९८३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बाजिपुर बस्ने ५५ वर्षीया सोमनी देवी मण्डलको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको छिन्नामस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२५ बाङ्गेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बाराको फेटा गाउँपालिका–२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका–२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया