रविको भाइरल तस्बिरबारे तत्काल छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएकाे विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।’
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको छ ।
मन्त्री लेखकले उक्त तस्बिरका विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।

प्रतिक्रिया