ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

नेपालखोज २०८१ पुष ६ गते १२:०४

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा आज यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उनले विद्यालयका बालबालिका एवं शिक्षकलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पुर्याउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिए ।

शिविरकी मोरङ सहसंयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्वबारे चर्चा गरेका थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गरेका थियो ।

प्रतिक्रिया