शुक्रबार, पुष ४, २०८२

वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०८१ पुष ७ गते ७:१७

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू–भाग सामान्यतया सफा रहेको छ ।

यस्तै, दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै, आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रही हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । विभागका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया