बिहीबार, असार १२, २०८२

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०८१ पुष ७ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीकाे मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया