बिहीबार, असार १२, २०८२

ओलीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख

नेपालखोज २०८१ पुष ७ गते ११:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत असोज ४ देखि १४ गतेसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेका हुन् ।

विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा याे रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको अर्थ मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औँ महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

प्रतिक्रिया