काम सक्न बाँकी जिल्लालाई कांग्रेसले थप्यो १०० दिने विशेष अभियानको समयावधि
नेपालखोज
२०८१ पुष ११ गते १४:४२

काठमाडौं । नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई समय थप गरेको छ । कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई एक महिना समय थप गरेको हाे ।
केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियान सम्पन्न हुन नसकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ती जिल्लाले माघ १६ गतेसम्म समापन गर्ने गरि समयावधि थप गरिएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया