काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने

नेपालखोज २०८१ पुष ११ गते २०:१३

काठमाडौं । नेपालमा ड्रुक्पा सम्प्रदायका अनुयायी र विश्वभरिका आध्यात्मिक साधकहरूलाई एकत्रित गरेर १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुनेभएको छ । यही पुस १३ गतेदेखि १७ गतेसम्म काउन्सिल आयोजना हुने भएको हो ।

कोरोना महामारीपछिका करिब छ वर्षपछि सम्बन्ध र पुनःस्थापनाको उत्सव मनाउन विशेष कार्यक्रम आयोजना हुन लागेको जनाइएको छ । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कुंग फु ननको पनि सहभागी रहनेछ ।

त्यस अवसरमा पवित्र ड्रम अनुष्ठान प्रदर्शन हुनेछ भने आध्यात्मिक शिक्षाहरूको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुनेछ ।

साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायतका विषयमा सन्देश दिनेछन् ।

प्रतिक्रिया