सिंह राशिको वार्षिक राशिफल – २०२५

नेपालखोज २०८१ पुष १२ गते ९:०२

वैदिक ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश – विदेशमा ठुलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन् भने शनि मीन राशिमा प्रवेश गर्नेछन् । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछ ।

यसबाहेक सूर्य, बुध, चन्द्रमा, मङ्गल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्ज्वल  बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रशस्त लाभ हुनेछ।

सिंह राशिको वार्षिक राशिफल

सिंह राशिका मानिसहरूका लागि वर्ष २०२५ फलदायी वर्ष रहनेछ । जनवरी र फेब्रुअरीमा नयाँ अवसरहरू देखा पर्न सक्छन् । यदि कुनै परिवर्तनका बारेमा सोच्दै हुनुहुन्छ भने यो समय त्यसका लागि उपयुक्त छ । आत्मविश्वास बढ्नेछ भने आफ्नो काममा सफलता हासिल गर्न सकिनेछ ।

मार्च देखि मे सम्मको समय व्यावसायिक जीवनमा ध्यान केन्द्रित गर्ने समय हो । कार्यस्थलमा केही नयाँ चुनौतीहरूको सामना गर्नु पर्ने हुन सक्छ । यदि सही योजनाका साथ काम गर्ने हो भने सफलता त्यति गारो कुरा होइन । यतिबेला तपाईंले कुनै पनि परियोजनाका बारेमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।

वर्षको मध्यमा विशेष गरी जुलाई देखि सेप्टेम्बर सम्म आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । सानातिना समस्यालाई बेवास्ता नगर्नुहोला । पारिवारिक जीवनमा केही मतभिन्नता उत्पन्न हुन सक्छन । धैर्यता र समझदारिले तिनको समाधान गर्न सकिनेछ । अक्टोबर र नोभेम्बर महिनामा यात्राका अवसरहरू जुटनेछन जुन लाभदायक हुन सक्छ । यो नयाँ विचार र योजना कार्यान्वयन गर्ने समय हो । वर्षको अन्त्यमा विशेष गरी डिसेम्बरमा करियरमा महत्त्वपूर्ण परिवर्तन हुन सक्छ भने तपाईंको प्रयासले मान्यता पाउनेछ ।

प्रतिक्रिया