मोरक्कोमा डुंगा पल्टिँदा ६९ जनाको मृत्यु
नेपालखोज
२०८१ पुष १३ गते १०:४८

काठमाडौं । पश्चिम अफ्रिकाबाट स्पेनका लागि जान लागेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक रहेको बीबीसीले जनाएकाे छ ।
यो ‘अस्थायी डुंगा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सफल भएका छन् ।
दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् । यो डुंगा गत हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया