मकर राशिको वार्षिक राशिफल-२०२५

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश/ बिदेशमा ठूलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन् ।
यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।
मकर राशिको वार्षिक राशिफल
मकर राशिका लागि २०२५ को वर्ष काम, समर्पण र आत्मविश्वास वर्ष हो । यो वर्ष तपाईंले आफ्नो सपना साकार पार्न कडा मेहनत गर्नुपर्नेछ ।
जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा कार्यस्थलमा प्रसस्त अवसर प्राप्त गर्न सकिनेछ । यो तपाइँको प्रतिबद्धता प्रमाणित गर्ने समय हुनेछ भने कडा परिश्रमको फल पनि प्राप्त हुनेछ । व्यक्तिगत जीवनमा केही समस्या सृजना हुन सक्छ ।
तपाईंले परिवारका सदस्यहरुसँग केही समय बिताउनु पर्छ भने आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्नेछ । मार्च महिनामा आर्थिक सफलता प्राप्त हुन सक्छ , तर कुनै पनि प्रकारको जोखिम बाट जोगिनु होला ।
अप्रिल देखि जुन अर्थात् मध्य(वर्ष सम्म करियर परिवर्तनको अवसर जुटन सक्छ । यो समयले तपाईंलाई व्यवसायिक जीवनमा नयाँ अवसर र सम्भावनाहरूतर्फ डोहोर्याउनेछ । आर्थिक मामिलामा पनि सुधार देखिनेछ । व्यक्तिगत सम्बन्धमा केही तनाव हुन सक्छ, तर आफ्नो काम र घर बीच सन्तुलन कायम राख्दा स्थितिमा सुधार ल्याउन सकिन्छ ।
जुलाई देखि सेप्टेम्बर प्रेरणा र प्रगतिको समय हुनेछ । तपाईले जुनसुकै काम सुरु गरे पनि त्यसले सफलता प्राप्त गर्नेछ । सम्बन्धमा प्रेम र समझदारि बढ्नेछ । स्वास्थ्यको सन्दर्भमा थोरै ध्यान आवश्यक हुन सक्छ तर समग्रमा तपाईको अवस्था राम्रो छ ।
अक्टोबर देखि डिसेम्बर सम्म अर्थात् वर्षको अन्त्यमा तपाईंले गरेका प्रयासका लागि तपाईंलाई पुरस्कृत गरिनेछ । आर्थिक अवस्थामा सुधार आउनेछ भने व्यवसायमा प्रगतिको संकेत प्राप्त हुनेछ । रोमान्टिक सम्बन्धमा नयाँ ऊर्जा देखा पर्न सक्छ । घरमा खुशी र शान्ति कायम हुनेछ ।
प्रतिक्रिया