शुक्रबार, वैशाख १२, २०८२

अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चारजनाको मृत्यु

नेपालखोज २०८१ पुष १४ गते १९:५४

खोस्त, अफगानिस्तान । पूर्वी अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।

खोस्ट प्रान्तीय सरकारका प्रवक्ता मुस्तगफिर गुरबाजले भने, ‘यो घटना प्रान्तको राजधानी खोस्ट शहरको बाहिरी भागमा रहेको एक आवासीय अपार्टमेन्टमा भएको थियो, जसमा एक महिला र तीन बालबालिका सहित चार जनाको मृत्यु भएको थियो ।’

गुरबाजका अनुसार घटना हुँदा परिवारका सदस्यले घर तातो पार्न खोजिरहेका थिए । अफगानिस्तानमा, मानिसहरूले जाडोमा आफ्नो आवासीय घरहरू तताउन ग्यास सिलिन्डर प्रयोग गर्ने सामान्य छ, जसले कहिलेकाहीं घातक दुर्घटनाहरू हुँदै आएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया