शनिबार, वैशाख १३, २०८२

धनु राशिको वार्षिक राशिफल-२०२५

नेपालखोज २०८१ पुष १५ गते ८:२०

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश-बिदेशमा ठूलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् ।

यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।

धनु राशिको वार्षिक राशिफल

धनु राशिका लागि वर्ष २०२५ यस्तो वर्ष साबित हुनेछ जहाँ नयाँ अवसर , यात्रा र आत्म(अनुभूतिको मूल्य हुनेछ । तपाईंले आफ्ना सीमितताहरू पार गर्नुहुनेछ र नयाँ अनुभवहरूले आफैलाई पुर्ण बनाउनु हुनेछ ।

वर्षको सुरुमा अर्थात जनवरीदेखि मार्चसम्म तपाईंभित्र आत्मविश्वासको कमी हुन सक्छ, तर यो तपाईंले आफैलाई बुझ्ने र अगाडि बढ्ने समय हुनेछ । व्यवसायिक जीवनमा नयाँ सुरुवात हुन सक्छ । यद्यपि यती बेला सतर्क हुँदै अगाडि बढ्न आवश्यक छ । यदि नयाँ व्यवसाय वा जागिर परिवर्तनको योजनामा हुनुहुन्छ भने यो राम्रो समय हुन सक्छ ।

यद्यपि कुनै पनि ठूलो कदम चाल्नु अघि सबै पक्षहरूमा ध्यान दिनु उपयुक्त हुन्छ । सम्बन्धमा समर्पण र विश्वासको कमी हुन सक्छ, त्यसैले बुद्धिमानीपूर्वक कदम चाल्नुहोस् र कुनै गलतफहमीलाई आफुहरु बिच आउन नदिनुहोस् ।

अप्रिलदेखि जुनको समय अर्थात मध्य वर्षमा यात्रा र शिक्षाका क्षेत्रमा नयाँ अवसरहरू जुटन सक्छन् । तपाईंले केहि नयाँ सिक्ने इच्छा महसुस गर्नुहुनेछ र आफ्नो सीप थप वृद्धि गर्ने प्रयास गर्नुहुनेछ । व्यवसायिक विकासका लागि केही उत्कृष्ट अवसरहरू प्राप्त गर्न सकिनेछ । तपाईंको व्यापार यात्रा सफलता तर्फ उन्मुख हुनेछ । सम्बन्धमा पनि समर्पण र समझदारी कायम रहनेछ । सदभावले तपाईंको प्रेम जीवनमा सुधार ल्याउनेछ ।

जुलाई देखि सेप्टेम्बर सम्म आत्मनिर्भरता र स्वतन्त्रताको खोजी गर्ने समय हुनेछ । तपाईंले आफूभित्र लुकेको शक्ति महसुस गर्नुहुनेछ जसले कार्यस्थलमा सफलता दिलाउनेछ । घरपरिवारमा केही सानातिना समस्या उत्पन्न हुन सक्छन् । कुनै पनि प्रकारको तनावबाट जोगिन तपाईंले आफ्नो भावनामा नियन्त्रण गर्नुपर्नेछ । यो समयमा सम्बन्धहरूमा केही उतार(चढाव देखा पर्न सक्छ । तपाईंले त्यसलाई आफ्नो बुद्धि र सत्यले समाधान गर्न सक्नुहुन्छ ।

अक्टोबर देखि डिसेम्बर सम्म अर्थात् वर्षको अन्त्यमा तपाईंले आफ्नो कडा परिश्रमको फल देख्न पाउनुहुनेछ । तपाईंले व्यवसायिक र व्यक्तिगत जीवनमा गरेका प्रयासहरुले मान्यता पाउनेछन् । सोचे जस्तो सफलता हातपर्ने योग छ । तपाईले आफु भित्रको शक्ति महसुस गर्नुहुनेछ । तपाईं आफ्नो लक्ष्यको नजिक पुग्नुहुनेछ । पारिवारिक जीवनमा सदभाव कायम हुनेछ ।

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश ( बिदेशमा ठूलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन् ।

यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।

प्रतिक्रिया