सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
नेपालखोज
२०८१ पुष १८ गते ८:२८

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ ।
गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो । महायज्ञबाट सङ्कलन भएको एक करोड १० लाखमध्ये १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।
मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ । म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया