सर्वेन्द्रले छाडे नेकपा एमाले

नेपालखोज २०८१ पुष २१ गते ११:२०

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमाले छाडेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

उनले राष्ट्रघाती दोषीलाई कानूनी कठघरामा पुर्‍याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । देश र जनताको हितका लागि सधैँ लडिरहने उनले बताए ।

प्रतिक्रिया