एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
नेपालखोज
२०८१ पुष २२ गते १९:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मङ्गलबार पनि बैठक हुने भएको छ ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।
सम्बन्धित

प्रतिक्रिया