मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

नेपालखोज २०८१ पुष २४ गते १४:४०

काठमाडाैं । काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले लामो समयसम्म निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति लगाएत आवश्यक पूर्वाधार तयार गरि खेलकुदका आयोजनालाई समयमा नै सम्पन्न गर्ने गरि काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक बर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताएका छन् । फुटबल रंगशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भएपनि जग्गा प्राप्त भने गर्न नसकिएको उहाले बताए ।

प्रतिक्रिया