शनिबार, वैशाख १३, २०८२

६.५३ अंकले बढ्याे नेप्से, ६ अर्ब ४० करोडकाे काराेबार

नेपालखोज २०८१ पुष २४ गते १५:३५

काठमाडौं । साताको चैथाे कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ६.५३ अंक अंकले बढेको छ । आज नेप्से ६.५३ अंकले बढेर २ हजार ६५३.३८ बिन्दुमा रोकिएको हो ।

आज ३०५ कम्पनीको ७२ हजार १२० पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार ७५१ कित्ता शेयर खरिद-बिक्री भएका छन् । आज कुल कारोबार रकम ६ अर्ब ४० करोड ७९ लख ९२ हजार ७८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा सात वटा समूहको सूचक घटे पनि ६ वटा समूहको सूचक भने बढेका छन् । जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक ३.६६ अंकले घटेर १ हजार ३९०.६१ अंकमा खुम्चिदा निर्जीवन बिमा समूहको सूचक १७.११ अंकले घटेर १२ हजार ६२२.३१ अंकमा खुम्चिएको छ । होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक आज घटेका छन् ।

विकास बैंक समूहको सूचक आज १३८.५८ अंकले बढेर पाँच हजार ६०२.५७ अंकमा पुग्दा जलबिद्युत समूहको सूचक ९.५८ अंकले बढेर तीन हजार ६८९.८३ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ५१.९६ अंकले बढेर १२ हजार ८५८.१२ अंकमा पुग्दा फाईनान्स, उत्पादनमुलक र लघुवित्त समूहको सूचक बढेका छन् ।

नेप्सेमा आज समृद्धि फाइनान्सले सबैभन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया