संघिय सांसद ढकालद्वारा श्रीलंकाली नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरियासँग भेट 

नेपालखोज २०८१ पुष २५ गते १३:२६

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरियासंग बुधबार कोलम्बोमा भेट गरेका छन् ।  श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिवृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । 

सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे । प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसँगको विशेष मैत्रीपूर्ण सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका थिए ।

साथै सांसद ढकालले श्रीलंकाली नवनिर्वाचित सभामुख डा जगत् विक्रम रत्नेसँग संसद् भवनमा शिष्टाचार भेट गरी नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट सभामुख डा जगत् विक्रमारत्नेलाइ शुभकामना दिँदै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण कोलागि समेत आग्रह गरे ।  

त्यसै गरी सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिस प्रेमादासासंग समेत भेट गरी अन्तरक्रिया गरेका थिए । पूर्व मन्त्री समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपूर्ण भ्रमणमा छन् । 

ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र श्रीलंकाबिच सन् १९५७ मा कूटनैतिक सम्बन्ध स्थापना भएको हो । 

प्रतिक्रिया