रवि लामिछानेको थुनछेक बहस सुरु
नेपालखोज
२०८१ पुष २९ गते ११:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे थुनछेक बहस सुरु भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति लामिछानेको काठमाडौं जिल्ला अदालतमा आज थुनछेक बहस सुरु भएको हाे । आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।
लामिछानेको थुनछेक बहस आज न्यायाधीश माधवप्रसाद अधिकारीकाे इजलासमा भइरहेकाे छ । बहसपछि उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया