थुनछेक बहसमा सरकारी वकिलको तर्क- तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई थुनामा पठाउनुपर्छ

नेपालखोज २०८१ पुष २९ गते १३:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्ने बारे थुनछेक बहस जारी रहेको छ । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलले बहस गरिरहेका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।

सोमबार सुरु भएको थुनछेकमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरेका छन् ।

उनीहरू सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ ।

प्रतिक्रिया