संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विपक्षी दल निर्णय

काठमाडौ । विपक्षी दलले संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेकाे छ । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षीको बैठकले विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो ।
सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेकाे माओवादीको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
पुनले भने, ‘नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने र्छौँ ।’
बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको बताए । ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो’, पुनले भने ।
त्यस्तै, बैठकले दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षडयन्त्र भइरहेको र दुइदलीय व्यवस्था तर्फ देशलाई लैजाने कोशीस बेठिक रहेको निष्कर्ष निकालेको पनि पुनले जानकारी दिए ।

प्रतिक्रिया