उद्धव थापामाथि कुटपीट गर्ने तीनजना पक्राउ

नेपालखोज २०८१ माघ ६ गते ११:२२

काठमाडाैं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि कुटपीट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

थापामाथि कुटपीट गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरेकाे हाे । एक जना विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएकाे छ ।

थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ कुटपीट भएको थियो । कुटपीटका क्रममा थापा घाइते भएका छन् । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि कुटपीट गरेको प्रहरीले जनाएको छ ।

बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपीट गरेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया