संघीय संसद् अन्तर्गत चारवटा समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालखोज
२०८१ माघ ८ गते ८:४४

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे बस्दै छ ।
बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो एक बजे बस्ने छ । आजकाे बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुने छ ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु हुने छ । बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गरिने छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो ३ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने छ ।
सम्बन्धित

प्रतिक्रिया