शनिबार, वैशाख १३, २०८२

पेरिस र डब्ल्यूएचओ सम्झौताबाट अमेरिका अलग

नेपालखोज २०८१ माघ ८ गते १०:४०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै निवर्तमान राष्ट्रपति जो बाइडेनका ७८ निर्णयलाई उल्ट्याएका छन् । शपथपछि क्यापिटल वन एरिना पुगेका उनले बाइडेनका निर्णय उल्टाउनेसहित धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले अमेरिकालाई यस सम्झौताबाट बाहिर निकालेका थिए, जुन पछि बाइडेनले उल्टाएका थिए । यति मात्र होइन ट्रम्पले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

ट्रम्पले एलजीबीटीक्यु (तेस्रो) लिङ्गी समुदायलाई समानता दिने बाइडेनको आदेशलाई उल्ट्याएका छन् ।

उनले जनवरी ६ मा भएको हिंसाका दोषीलाई माफी दिने र रिहा गर्ने आदेशमा हस्ताक्षार गरेका छन् । ट्रम्पले जनवरी ६, २०२१ को हिंसाका दोषीहरूलाई माफी दिने वाचा गरेका थिए ।

प्रतिक्रिया