रवि लामिछानेको बयान सकियो
नेपालखोज
२०८१ माघ ९ गते १७:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा आज रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने भएकाे छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियाे । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया