तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालखोज
२०८१ माघ १३ गते ८:२४

काठमाडौं । संघीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ ।
यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दै छ । बैठक बिहानको साढे ११ बजे समिति हलमा बस्दैछ ।
सम्बन्धित

प्रतिक्रिया