दाङमा संजिवनी शिक्षण अस्पताल सञ्चालनमा आउँदै

माघ । दाङको घोराहीमा ५०० शैयाको शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । घोराही उपमहानगरपालिका ३ गोग्ली भानपुरमा संजिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटल सञ्चालनका लागि अहिले भौतिक पुर्वाधार निर्माणको काम धामाधम भइरहेको छ ।
भौतिक पुर्वाधार निर्माणको काम अहिले ८० प्रतिशत सम्पन्न भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले बताए । ३ तलाका ९ वटा भवन निर्माणको काम तिव्र गतिमा भइरहेको छ । अहिले ९ वटै भवनके ३ तलासम्म निर्माण हुन्छ, पछि सबै भवनमा थप २ तला गरेर पाँच तला पुर्याइने रोकाले भने । भौतिक पुर्वाधार निर्माणको काम सँगसँगै अन्य प्राविधिक तयारी तथा अस्पताल सचालन स्वीकृतिका प्रकृयाहरु अगाडी बढाइएकाले अस्पताल छिट्टै सञ्चालनमा आउँछ ।
अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सा अन्तरगत कार्डियोलोजी, गैस्ट्रोएन्टरोलोजी, युरोलोजी, एमआरआई लागायतका विभिन्न पच्चिस भन्दा बढी र विशिष्टकृत सेवा अन्तरगत पन्ध्र भन्दा वटा सेवा उपलब्ध हुने जनाइएको छ । अस्पतालमा १४ बटा मोडुलर शल्यक्रिया कक्षहरु, आइसियु, एसआइसियु, एनआइसियु, पीआइसियु लगायतका सुविधा पनि पर्याप्त मात्रामा रहने भएको छ । यी सुविधा भएपछि जटील प्रकृतिका प्रसुति तथा अन्य सल्यक्रियाका लागि काठमान्डौ वा अन्यत्र जानुनपर्ने र सहजै दाङमा हुने रोकाले बताएका छन् ।
सञ्चालनमा आएपछि यौ अस्पताल अत्याधुनीक सुविधा भएको उपत्यका बाहिरको नमुना अस्पताल हुन्छ रोकाले भने । विशेषगरी पश्चिम नेपालमा यस्तो अत्याधुनिक सुविधा सम्पन्नसाली अस्पताल अन्त कतै छैन्, सञ्चालनमा आयो भने यो नै पहिलो हुन्छ । अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका जनतालाई विशेष लाभ मिल्ने छ रोकाले भने यी जिल्लाका विरामीहरु नेपालगंज, बुटवल, भैरहवा, काठमान्डौ कतै जानुपर्दै । काठमाडौंकै सेवा दाङमा पाइने भएपछि अब विरामीहरु अन्यत्र जानुनपर्ने रोकाले बताएका हुन् । मेडिकल व्यवसाय भनेको सामाजिक तथा मानव सेवासँग जोडिएको विषय पनि हो, गरीव, निम्न आय भएका जनताका लागि पनि विशेष सुविधा रहन्छ रोकाले भने ।
अस्पताल सञ्चालन भएपछि नर्सिङ र प्यारामेडिकल विषयहरु पढाई सुरु हुने रोकाले बताएका छन् । अस्पताल सञ्चालन भए लगत्तै हामीले नर्सिङ र प्यारामेडिकल जस्ता विषय तुरुन्तै सञ्चालन गर्छौ रोकाले भने एमबीबीएस बीडीएस, एमडी जस्ता विषयहरु अस्पताल सञ्चालन भएको ३ वर्षपछि मात्रै सञ्चालन हुन्छ ।
अहिलेको हाम्रो चिकित्सा शिक्षा ऐनमा यी विषय सञ्चालान गर्नका लागि न्यूनतम ३०० शैया क्षमताको अस्पताल कम्तीमा ३ वर्ष सञ्चालन भएको हुनुपर्छ अनि मात्र ति विषय पढाउनका लागि विश्वविद्यालयमा प्रस्ताव पेश गर्न पाइन्छ रोकाले भने ।
अस्पताल निर्माणमा कुल पौने ३ अर्व लगानी हुने उनले बताएका छन् । अस्पतालको सञ्चालक अध्यक्ष प्रतिष्ठित मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल हुन्छ। उनले कोहल्पुरमा नेपालगज मेडिकल कलेज भैरहवामा युनिभर्सल मेडीकल कलेज पोखरामा गण्डकी मेडिकल कलेज र नेपालगजमा सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज सन्चालनमा ल्याइसकेका छन् ।
प्रतिक्रिया