हिउँदे अधिवेशनको विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८१ माघ १५ गते ८:२१

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।
१८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुनेछ । अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया