सिजीले ल्यायो अर्को नयाँ इलेक्ट्रीक कार ब्राण्ड
नेपालखोज
२०८१ माघ १५ गते १६:४४

काठमाडौं । सीजी मोटर्सले अर्को नयाँ ब्राण्डका एसयूभी नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले जेटुअर ब्राण्डका एसयूभी नेपाल ल्याउन आधिकारीक सम्झौंतामा हस्ताक्षर गरेको हो ।
पछिल्लो समय न्यू इनर्जी भेहिकलको डिलरशिप लिनमा आक्रामक बनेको सिजी मोटर्स ल्याउन लागेको जेटुअर ब्राण्डमा प्रिमियम एसयूभीहरु उत्पादन भइरहेका छन् । जेटुअरले विशेषगरी हाइब्रिड कार उत्पादनमा काम गर्दै आएको छ ।
सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अभतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसी जस्ता इलेक्ट्रीक भेहिलक बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो १० औं ब्राण्डको रुपमा जेटुअर नेपाल ल्याउने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया