विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान पुगेको छ : पूर्वराष्ट्रपति भण्डारी
नेपालखोज
२०८१ माघ १५ गते २१:०४

धरान । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताइन् ।
इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख गरिन् ।
जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको उनको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया