सोमबार, चैत १०, २०८१

आजको प्रमुख हेडलाईन

नेपालखोज २०८१ माघ १८ गते १८:५५

– प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु ।
– हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल ।
– कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुँदै ।
– बागमती प्रदेशसभाको बैठक आजदेखि ।
– कांग्रेस संसदीय दलको बैठक लम्बियो, अर्को बैठक माघ २४ गते ।
– मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाबाट ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता ।
– पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु ।
– पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै प्रदर्शन ।
– तीन अर्बको क्रिप्टो करेन्सी र अनलाइन ठगी गर्ने सातजना पक्राउ ।
– काठमाडौंको न्यूनतम तापक्रम एकै दिन १.६ डिग्री सेल्सियसले घटयो ।
– दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु ।
– तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ।
– सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति ।
– प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट अवरोध । रवि लामिछानेले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन ।
– बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू ।
– नेपाल भ्रमणमा आउने १० मुलुकका पर्यटकले नेपाल पेको क्युआर मार्फत यहाँ भुक्तानी गर्न सक्ने ।
– सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी चार करोडभन्दा बढी क्षतिको अनुमान ।
– दाङको घोराहीबाट बिहीबार दुई युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ ।
– सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ।
– गोरखामा रुख काट्दा करेन्ट लागेर वृद्धको मृत्यु ।
– लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ ।
– बेलचौतारा(मुस्ताङ पुलस्चार वर्षमा ३० प्रतिशत प्रगति ।
– हुम्लामा हुड्के नाच लोप हुने अवस्थामा ।
– नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो ।
– ठाउँ अनुसार फरक–फरक नामले चिनिने मिचाहा झारले ७० भन्दा बढी जिल्लाका कृषकलाई हैरानी ।
– आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश ।
– मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावलीतर्फका हजुरबुबा पक्राउ ।
– गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु ।
– काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला ।
– वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्नामा ।
– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु ।
– एकैदिन प्रतितोला २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य ।
– ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए ।
– निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न ।
– ‘रंगी’को ट्रेलरमा छोरीको खुसीको लागि बाबुले गर्ने संघर्षको कथा ।
– टी-२० महिला सिरिज अन्तरग्त नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित ।
– त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरूषतर्फ फाइलनमा प्रवेश । आयोजक टाइगर ग्रुपलाई हराउँदै एपीएफ क्लब पाँचौँ टाइगर कप भलिबलको महिलातर्फ फाइलनमा प्रवेश ।

Advertisement

-शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
– आहा १ रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

-विद्युत सर्ट भएर लागेको आगोले करिब सात करोड बढीको सम्पत्ति नष्ट

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

प्रतिक्रिया