आजको प्रमुख हेडलाईन

-आज श्रीपञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरियो ।
-राष्ट्रपति रामचन्द्र पौडेलबाट श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण ।
– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागिआयोजित अभिमुखीकरण कार्यक्रम सुरु ।
-पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दका कारण सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित , केबलकार निर्माण खारेजीको माग गर्दै काठमाडौंमा धर्ना ।
-लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनायो ।
-क्रान्तिकारीबाट बाहिरिएका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस ।
-प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक नेकपा माओवादी केन्द्रमा प्रवेश ।
-सुदूरपश्चिम सरकारले कृषि तथा पशुपन्छी मेला आयोजित गर्ने ।
-रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता , झण्डै ११ करोड अपलचनमा रविको संलग्नता रहेको दाबी ।
-आदिवासी जनजाति आयोगको वार्षिकोत्सव सम्पन्न ।
-एक महिनादेखि ग्वार्कोमा फ्लाइओभरको निर्माण सुस्त ।
-गण्डकी प्रदेश सरकारबाट प्रदेश स्थापनाका अवसरमा मङ्गलवार सार्वजनिक बिदाको घोषणा ।
-सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा सूचीकृत हुन सरकारको पुनस् आग्रह ।
-काठमाडौंका विभिन्न स्थानमा आठ दिन विद्युत् अवरुद्ध हुने ।
-वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौंको चन्द्रागिरि नजिक देशको सबैभन्दा ठुलो डेटा सेन्टर तयार गर्यो , ४ महिना भित्र संचालनमा आउने ।
-भोलि मंगलबार गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना ।
-दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त ।
-मकवानपुर र काठमाडौंको सिमामा पर्ने चन्द्रागिरि डाँडामा डढेलो लाग्यो ।
-आवासीय चिकित्सकहरूबाट काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा ।
-प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान ।
-नारायणगढ बुटवल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र सुरू ।
-साउदी अरेबिया नेपालसँग द्विपक्षीय श्रम सम्झौताका लागि तयार ।
-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते काठमाडौंमा ।
-करिब दुई महिनाको अवधिमा ९ वटा नयाँ विधेयक सङ्घीय संसद्मा दर्ता ।
-अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर ।
-मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य वृद्धि , ठूलो अण्डा ४ सय, मध्यम ३८५ र एक्स-एल अण्डा ४१५ रूपैयाँ प्रती क्यारेट पर्ने ।
-बझाङमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जना पक्राउ ।
-मोरङ, दाङ र म्याग्दीमा ३ जना मृतावस्थामा फेला ।
-पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु ।
-गौशाला नगरपालिका-८ मा विवाह भएको २ महिनामै २१ वर्षीया युवतीको हत्या, पति फरार , दाइजोको निहुँमा हत्या भएको माइती पक्षको आरोप ।
-सर्वोच्च अदालतबाट सामूहिक बलात्कारमा संलग्न चार जनालाई जनही १० वर्ष सजाय ठहर ।
-नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि फागुन २ गते ३० औँ र ३१ औं साधारणसभा ।
-नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी पछाडि सर्यो ।
-नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोक्यो ।
-गैरकानुनी रूपमा प्रवेश गर्ने दुई नेपाली बेलायतबाट निष्कासित ।
-युवराज कार्कीको निर्देशनमा ‘मनको बाँध’ को घोषणा ।
-‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न ।
-‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड ।
-‘घरज्वाइँ’ निर्माण टिमले नयाँ फिल्म ‘मितज्यू’ बनाउने ।
-अभिनेता विजय बरालको मुख्य अभिनय रहने फिल्म ‘जनै हराएको बाहुन’ को छायांकन आगामी चैतबाट ।
-चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त सम्पन्न ।
-नेपाल टी-२० सिरिजमा नेदरल्यान्ड्स बिरुद्ध थाइल्यान्डको अर्को जित ।
-यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइन
अक्षरारम्भ
वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा एक बालिका अक्षरारम्भ गर्दै । सरस्वती पूजाको दिनदेखी साना बालबालिकालाई अक्षर लेख्न सुरु गराउने प्रचलन रहीआएको छ ।
तस्बिर : हरिराम भेटुवाल र रासस

प्रतिक्रिया