सोमबार, असार ९, २०८२

पथलैयामा राजस्व चुहावटका घटना बढे

नेपालखोज २०८१ माघ २४ गते ११:०५

पर्सा । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ७३ लाख रूपैयाँ मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख रूपैयाँ मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए ।

कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख रूपैयाँ सङ्कलन गरेको छ । गत आवको सोहीे अवधिमा एक करोड ५२ लाख रूपैयाँ धरौटी राज्य कोषमा दाखिला भएको थियो ।

साथै गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार रूपैयाँ बढी सङ्कलन भएको छ ।

प्रतिक्रिया