२५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ फागुन छ गते देखि २०८२ फागुन छ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही माघ २८ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ । लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि २० करोड, विकास बैंकको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीको लागि एक करोड २५ लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्था सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।
प्रतिक्रिया