भिक्षुसङ्घलाई सामूहिक संघदान

नेपालखोज २०८१ फागुन ३ गते १६:०७

काठमाडौं । स्वयम्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक संघदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको उक्त दान कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान प्रदानसँगै भोजन दान गरिएको थियो ।

उदाय् समाजद्वारा आयोजित यो चौथो संघदान कार्यक्रम हो । यसपटकको संघदान कार्यक्रममा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थाहरुलाई पनि दान प्रदानमा सहभागी गराइएको थियो ।

संघदान अघि आनन्दकुटी विहारका प्रमुख भिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमामाथि प्रकाश पार्दै श्रद्धापूर्वक प्रदान गरिएको दानले आशा नगरेकै भए पनि दातालाई अपार पुण्य प्राप्त हुने बताए ।

प्रतिक्रिया