धौलागिरि लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

नेपालखोज २०८१ फागुन ४ गते १३:३८

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका-५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।

याे कार्यक्रममा संस्थाका अध्यक्ष सृजना थापा, सञ्चालक रमेशलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

याे अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

यसैबिच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।  

प्रतिक्रिया