शुक्रबार, वैशाख १२, २०८२

नेप्सेमा सामान्य वृद्धि,कारोबार रकम आठ अर्ब ६२ करोड नाघ्यो

नेपालखोज २०८१ फागुन ८ गते १५:२२


काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से तीन दशमलव १४ अंकले बढेर २७ सय ४३ दशमलव ७४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ९० अंकले घटेर चार सय ५७ दशमलव ९८ अंकमा खुम्चिएको छ ।

तीन सय नौं वटा कम्पनीहरुको ८६ हजार दुई सय २३ पटकको कारोबारमा एक करोड ५६ लाख ३७ हजार छ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पाँच सय ९९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । आज जीवन बीमा समुहको सुचक तीन सय २५ दशमलव ३८ अंकले बढेर १३ हजार सात सय ४२ दशमलव २७ अंकमा पुगेकोमा निर्जीवन बीमा, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव ७१ अंकले घटेर १३ सय ८३ दशमलव २६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ५९ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । परेको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया