नेप्सेमा तीन अंकले बृद्धि, ११ अर्ब आठ करोडको शेयर कारोबार

काठमाडौं . नेप्से बढेको छ । अघिल्लो दिन झण्डै १२ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ३.३५ अंकले बढेर २ हजार ७५८.७५ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ०.०६० अंकले बढेर ४५९.२५ अंकमा चढेको छ ।
नेप्सेमा आज ३१० वटा कम्पनीको एक लाख तीन हजार २६२ पटकको कारोबारमा दुई करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ११ अर्ब आठ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा समूहको सूचक बढेको छ भने बाँकी ९ वटा समूहको सूचक घटेको छ । वाणिज्य बैंक समूहको सूचक १.२५ अंकले बढेर १ हजार ३८५.०१ अंकमा पुगेको छ भने उत्पादनमुलक, अन्य र लगानी समूहको सूचक पनि बढेको छ ।
विकास बैंक समूहको सूचक भने ५.४२ अंकले घटेर पाँच हजार ६५१.४८ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक ५.९२ अंकले घटेर तीन हजार ७५१.२० अंकमा पुगेको छ । जीवन बिमा समुहको सुचक १२७.६० अंकले घटेर १३ हजार ७३२.९७ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक ९६.६३ अंकले घटेर १२ हजार ८९९.८९ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, होटेल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया