युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

नेपालखोज २०८१ फागुन १३ गते १०:३९

काठमाडौं । नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखररचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ ।

प्रधान सेनापति अशोकराज सिग्देलले साेमबार विमोचन गरेका जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनालाई समावेश गरी प्रकाशन गरिएको हो ।

खुला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा प्रथम, द्वितीय र तृतीय हुनुहुने लेखक क्रमश: सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधान सेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे ।

कार्यक्रममा प्रधान सेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यका साथै लेखकलाई कदर पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया