पोखरामा हिउँ

पोखराको ज्ञात इतिहासमा एकपटक मात्र हिउँ परेको भन्ने सुनिन्छ । यसको कुनै लिखत भने भेटिदैन । वि.सं. २००१ पुस २३ गते शनिवारका दिन काठमाडाै उपत्यकाको धेरैजसो ठाउँका साथै पोखरामा पनि हिउँ परेको थियो । त्यो दिन काठमाडाैं उपत्यकामा दिउसो ४ बजेतिर हिउँ पर्न थालेको थियो । जुन करिव ३ घण्टासम्म परिरह्यो । जसले गर्दा काठमाडाै उपत्यकाका मुख्य स्थानहरु हिउँले भरिए । तर पोखरामा त्यसदिन करिव पाँच साढे पाँच तिर केही बेर मात्र परेको थियो भन्ने जानकारी पाएको थिएँ । उता भिमफेदी देखि भैँसेसम्म पनि बाक्लो हिउँ परेको थियो ।
त्यो समय पुस १८ गते देखि बिग्रिएको माैसम २७ गतेसम्म रहेको थियो । दश दिनसम्म घामको अनुहार नै हेर्न पाएका थिएनन् ।अन्तत पुस २७ गते दिउँसो बल्ल सबैले घामको तातोको अनुभुति गर्न पाए ।
काठमाडाै उपत्यकामा भने बेला बेला अलिअलि भए पनि हिउँ परेको झल्को भएको थियो । उपत्यकामा नै हिउँ नपरे पनि नजिकैका डाँडाकाँडामा भने बेला बेलामा हिउँ परिरहेको थियो । तर २००१ सालपछि पोखरामा हिउँ परेको छैन । २०७८ फागुन ८ गते आइतवारका दिन परेको असिनाले भने हिउँ परेको आभास दिएको थियो । त्यसदिन दिउँसो १ बजेर ४० मिनेटमा शुरू भएको असिना वर्षा २ बजेर १० मिनेटसम्म रहेको थियो । केवल आधा घण्टाको असिनाले पोखराको मुख्य क्षेत्रहरु सेताम्मे भएका थिए ।








प्रतिक्रिया